नेपाल राष्ट्र बैंकको नीतिका कारण बजारमा परेको प्रभावको विषायमा अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यान आर्कषण भएको छ । सोमबार शेयर बजारका लगानीकर्ताको भेटमा अर्थमन्त्रीले बजारलाई अप्ठेरो पार्ने खालका नीतिहरू परिमार्जन गर्नका लागि राष्ट्र बैंकसँग छलफल भएको अर्थ मन्त्रीले बताएका हुन ।
अर्थमन्त्रीसँगको भेटमा मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत शेयर बजारलाई सहजिकरण गराउन आग्रह गरेका छन् । पूँजी बजारका लगानीकर्ताहरुले अर्थमन्त्रीसँगकाे भेटमा पुँजी बजार सुधारका लागि विभिन्न ६ बुँदे माग राखेका छन् ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेट गरेका हुन ।
लगानीकर्ताहरुले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले धितो कर्जामा कायम रहेको १२ करोड रुपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्याइएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशतमा नै कायम गर्नुपर्ने माग छ ।
Hey there, We are Blossom Themes! We are trying to provide you the new way to look and use the blogger templates. Our designers are working hard and pushing the boundaries of possibilities to widen the horizon of the regular templates and provide high quality blogger templates to all hardworking bloggers!
0 Comments